Friday, August 30, 2013

घट्दैरहेको रुपियाँ

रुपियाँ भारत र पाकिस्तानको सामान्य प्रचलित मुद्रा हो। यसै प्रकारले हरेक देशको आ-आफनो मुद्रा हुन्छ जसले त्यो देशको लेनदेनको प्रकियालाई अघाडी लानु वा सजिलो पार्नुमा सहायता पुयाउछ। युरोप महादेशको देशहरूमा एउटै मुद्रा 'युरो'को प्रयोग गरिन्छ। जहिले देखि संसारभरिका अर्थव्यवस्था ग्लोबलाइजेसनको नाममा बाधि रहेको छ विभिन्न मुद्राहरूको मूल्य माथि तल भएको कुरा कसैले पनि नकार्नु सक्दैन। तर यो मात्र कारण होइन मुद्राको मूल्य बढ्नु वा घट्नुमा, अन्य धेरै कारणहरू अभिन्न रूपले जोडिएको छ। अमरिकी डलरलाई संसारभरि चल्ने मुद्रा मानिन्छ र हरेक देशको मुद्राको मूल्य अमरिकी डालर सँग तुलना गरेपछि मात्र त्यसको असली मूल्य एउटा विशिष्ट समयको निम्ति ठिक गरिन्छ।  विभिन्न देशको मुद्राहरूद्वारा बजारमा व्यापार गरिन्छ र यसैकारण देशको मुद्राको मूल्य अन्य देशको मुद्रा अनुसार बदली रहन्छ।  जुलाई १२, २०११ मा भारतको विनिमय दर प्रत्येक डालर को निम्ति ४४ रुपियाँ थियो भने अहिले हालैमा यो बढेर ६१.८० रुपियाँ पुगी सकेको छ अर्थात् २ वर्षमा २७% भन्दा ज्यादा रिकर्ड तोड्ने घटाई जसले भारतीय अर्थव्यवस्थालाई धेरै संकटपूर्ण बनाई रहेछ। 

सरकारले यस पालीको रुपियाँको रिकर्ड तोड अवमुल्यन वा डीभ्यालुएसनको कारण बेन बरनांकको मई २२ तारिख फेडेरल रिसर्व बोर्डको क्यान्टिटेटिभ इजिंग पोलिसीलाई समाप्त गर्ने घोषणालाई थोपीरहेको छ। क्यान्टिटेटिभ इजिंग एउटा राष्ट्रिय अर्थव्यवस्थालाई प्रोत्सहित गर्ने आर्थिक नीति हो। यो नीतिले मुद्राको वितरण बढाइदिन्छ, क्यान्टिटेटिभ इजिंग द्वारा दीर्घकालिक इन्ट्रेस्ट रेट पनि कम रहन्छ जसले बजारमा ऋण लिने र खर्च गर्ने प्रकिया बढेर जान्छ र यसर्थ यसले अर्थव्यवस्थालाई बढ्नुमा सहायता पुयाउछ। तर वास्तवमा रुपियाँको मूल्य बेन बरनांकको घोषणा भन्दा धेरै अघि नै घटीरहेको थियो, यसले केवल घाउ माथि नुन छर्ने कम मात्रै गऱ्‍यो अर्थात् रुपियाँको मूल्य अझै घटेर गयो। १९ औं शताब्दीको ९० को दशक र वर्तमानको पहिलो वर्षहरू अर्थात् त्यो समय जब भारतले आफनो नव-उदारवादी नीतिहरूको सुरुवात गऱ्‍यो यसै समयमा विभिन्न बबल्स (हाउजिङ बबल, डटकम बबल)को शृंखलाले गर्दा मेट्रोपोलिस विशेष गरी अमेरिकाको अर्थव्यवस्था धेरै बढिरहेको थियो। हुन त यो आर्थिक वृद्धि युद्ध पछिको आर्थिक वृद्धि जतिको सुस्पष्ट भएन तर यस आर्थिक वृद्धि सँग प्रचुरता जोडिएको कारणले गर्दा भर्खरै देखापर्दै गरेको अर्थव्यवस्थाहरू जसले भत्केको उपनिवेशवाद देखि अहिले पहिलोपल्ट पुँजीको प्रवाह खोलिरहेको थियो, यसर्थ त्यहाँ वित्तको प्रवाह पनि धेरै भयो। यसले गर्दा यी अर्थव्यवस्थाहरूमा एक प्रकारको चाप उत्पन्न भयो, जसलाई केवल उनीहरूको केन्द्रीय बैङ्कले जाचँ-पड्ताल गरी रहेको थियो।  त्यसबेला यी बैङ्कहरूले विदेशी मुद्रा विनिमयको ठुलो भाग पनि बचाई रहेका थिए। यी सबै कुराहरूले एउटा भ्रमको सृजना गरायो कि यी अर्थव्यवस्थाहरू पुँजी निवेश गर्नेहरूको आखाँमा धेरै विश्वासयोग्य छन्, र यी अर्थव्यवस्थाहरू अब परिसिमित रहेनन्, कि यी अर्थव्यवस्थाहरूले अब पुँजीको आकर्षण गरी रहने छन् र यिनीहरूको मुद्राको मूल्य अब बढ्ने वा घट्ने छैनन्। यो भ्रम विशेष गरी भारतमा धेरै बलियो रूपमा देखा पऱ्‍यो कारण मेट्रोपोलिटन पुँजीवादको आर्थिक वृद्धिको समय भारतको नव-उदारनीति तर्फको यात्रासंग ठिकै एकै समयमा घटेको थियो।  तर हालैको संकटकालले यी सबै भ्रमहरू चक्नाचुर पारी दिइसकेको छ।

वर्तमान स्तिथिमा रुपियाँको मूल्य घट्नुमा भारतको करेन्ट एकाउन्ट डेफिसिटको ठुलो हात छ भनेर रिजर्भ बैङ्कले भनी रहेको छ तर अमेरिकामा करेन्ट एकाउन्ट डेफिसिट हुँदाहुँदै पनि डलरको मूल्य चाँही संसारभरिको अर्थव्यवस्थामा दिन प्रतिदिन बढीरहेको कुरा के एडम स्मीथको इन्भीजीवल ह्यान्ड वा वालरसको अक्सनीयरको कारनामा हो त? तपाईँ आफै सोच्नु होस्! रुपियाँको मूल्य यसरीनै लगातार घटी रह्यो भने यसले आयातको मोल अझै आकाश तर्फ लाग्ने छ विशेष गरी तेलको भाउ जसले साधारण मानिसहरूको टाउकोमा मुद्रास्फीतिको भार थपीदिन्छ। यहाँ हेयौं भने सरकारले श्रमको वास्तविक ज्याला घटाउनलाई मुद्रास्फीतिको नाम लिएर अर्थव्यवस्थालाई सन्तुलन अवस्थामा ल्याउनको निम्ति चेप्टाइरहेछ। यसरी जनसाधारणलाई फिनान्स क्यापिटलको सियोको टुप्पोमा राखेर बन्धक बनाउने यो व्यवस्थालाई हामी सबै मिलेर विरोध गर्नु पर्छ। भूमण्डलीकरणको झुठो आड लिएर संसार माथि कब्जा गर्ने अर्थव्यवस्थाहरूको चर्तिकला पनि बिस्तारैबिस्तारै यस पालीको र १९९१ को अवमुल्यनको पर्दाफास गर्दैछ।

तर हाम्रो भारत देशको करेन्ट एकाउन्ट डेफिसिट र त्यसमाथि जीडीपी बढ्ने गतिको तीव्र घटाई र उत्पादनको प्रतियमान स्थिरता (भर्चुअल स्ट्यागनेसन) यति ठुलो मात्रामा छ कि यसलाई सरकारले दमनपुर्वक पुरा गर्न गए धेरै युरोपेली देशहरू झैँ भारतमा पनि विपुल प्रतिरोध हुने सम्भावना छ। यी सबै कुराहरू आभास गरेर पनि संसारको अर्थव्यवस्था एकदिन पल्टिने छ र वर्तमान समस्याहरू सबै समाप्त हुने छ भन्ने विश्वास अझै पनि धेरै बुर्जुवा अर्थशास्त्रीहरूको टाउकोमा घुमीरहेछ।  यस्तो भन्नुको मतलब के हो भने जुन सङ्कटकाल व्यवस्थाले गर्दा यी सब समस्याहरू उत्पन्न भईरहेको छ ती सबै आफै बिलिएर जानेछ। यो कुराको केही आधार नै छैन र यसैकारण भारतीय अर्थव्यवस्था अझै सङ्कटकालिन अवस्था तर्फ पसिरहेको छ। यस सङ्कटको विरोधले १९३० को उपनिवेशवादको विरोध झैँ, भारतको इतिहासमा एउटा नयाँ कालको सुरुवात अवश्य गर्नेछ।  

   सुमेन्द्र तामाङ

No comments:

Post a Comment